बजेटको उपहार, सबै सार्वजनिक सवारीमा १२ प्रतिशत भाडा बढ्यो

Yugnepal     734 पटक पढिएको    

बजेटको उपहार, सबै सार्वजनिक सवारीमा १२ प्रतिशत भाडा बढ्यो

बजेटको उपहार, सबै सार्वजनिक सवारीमा १२ प्रतिशत भाडा बढ्यो


काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा मूल्य बृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सबैखाले सार्वजनिक सवारी साधनमा लागू हुनेगरी १२ प्रतिशतसम्म भाडा बृद्धि गरिएको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको तलब १८ देखि २० प्रतिशतसम्म तलब बृद्धि गरेको थियो । त्यसैको असर सार्वजनिक सवारीमा मूल्यबृद्धिबाट सुरु भएको हो । यस अघि असोज महिनामा १० प्रतिशतसम्म भाडा बृद्धि गर्ने सहमति भएको थियो । अहिले सरकारले १२ प्रतिशतले हुनेगरी भाडा बढाएको हो ।

सार्वजनिक सवारीमा भाडा बढेसँगै अब अधिकांश उपभोग्य बस्तुहरुमा मूल्यबृद्धि हुने निश्चित छ । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको विभागका एक अधिकारीले जानकारी दिए।

विभागका अनुसार असार १ गतेदेखि लागू हुनेगरी सरकारले ट्याक्सीको भाडा पनि बढाएको छ । बढेको भाडा अनुसार अब ५० रुपैयाँमा एक किलो मिटरसम्ममात्रै यात्रा गर्न पाईन्छ ।

 



बिहिबार ३०, जेठ २०७६ ०५:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal