अकूत सम्पत्ति कमाउने १२ वरिष्ठ कर अधिकृतलाई मोदी सरकारले गर्यो बर्खास्त

Yugnepal     868 पटक पढिएको    

अकूत सम्पत्ति कमाउने १२ वरिष्ठ कर अधिकृतलाई मोदी सरकारले गर्यो बर्खास्त

 

नयाँ दिल्ली। मोदी सरकारले भ्रष्टाचार र पेशेवर भ्रष्टाचारीको आरोपमा आयकर विभागका १२ वरिष्ठ अधिकारीहरुलाई सेवाबाट बर्खास्त गरेको छ । यसमध्ये आयुक्त र संयुक्त आयुक्त स्तरका अधिकारी समेत सामेल छन् । भारतीय सञ्चार संस्था इण्डिया टिभीका अनुसार यस सूचीमा परेका एक बर्खास्त संयुक्त आयुक्त विरुद्ध स्वयम्भू धर्मगुरु चन्द्रास्वामीको मद्दत गरेका आरोपी एक व्यवसायीसँग असुली तथा भ्रष्टाचारको गम्भीर आरोप लागेको छ । 

स्रोतलाई अवाला दिँदै सो सञ्चारमाध्यउले नोएडामा तैनाथ आयुक्त ९अपिल० पदका कैयौं आईआरएस अधिकारी समेत सामेल छन् । उनीहरुमाथि आयुक्त स्तरका दुई महिला आईआरएस अधिकारीहरुको यौन उत्पीडनको आरोप समेत छ। एक अन्य आईआरएस अधिकारीले आफ्नो परिवारका सदस्यहरुको नाममा ३ करोड १७ लाख रुपैयाँको चल र अचल सम्पत्ति अर्जन गरेका थिए । 

यो सम्पत्ति कथित रुपले पदको दुरुपयोग गरी भ्रष्ट एवं गैर कानूनी तरिकाले अर्जित गरेको भेटिएको थियो । यी अधिकारीलाई समय भन्दा पहिले सेवानिवृत्ति लिन निर्देशन दिएर बर्खास्त गरिएको हो । आयकर विभागका एक आयुक्त विरुद्ध सीबीआईको भ्रष्टाचार विरोधी शाखाले आय से अधिक रहेको मामलामा मुद्दा दायर गरेको छ । उनलाई अक्टोबर २००९ मा सेवाबाट निलम्बित गरिएको थियो । उनलाई पनि सरकारले अनिवार्य सेवानिवृत्तको निर्देशन अर्थात् बर्खास्त गरेको छ । 

एक अन्य अफिसर जो भ्रष्टाचार र जबर्जस्ती असुलीमा लिप्त भएर गलत आदेश पारित गराएका थिए । यी आदेशहरु पछि अपीलीय प्राधिकरणले यो मुद्दा उल्टाइदिएको थियो । उनलाई पनि सेवाबाट बर्खास्त गरिदिएको हो । आयुक्त स्तरका एक अन्य अधिकारीलाई मुखौटा कम्पनीको मामलामा एक व्यवसायीलाई राहत दिएको आरोपमा ३० लाख रुपैयाँको घुस मागेको आरोप लागेको छ ।



मङ्गलबार २८, जेठ २०७६ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal