नेकपा सचिवालय बैठक बस्दै, रडाको मच्चिने खतरा

राजनिति

Yugnepal     818 पटक पढिएको    

नेकपा सचिवालय बैठक बस्दै, रडाको मच्चिने खतरा

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक लामो समयपछि मंगलबार बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएपछि त्यसअघि बैठक बस्न लागेको हो । 

पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दिउँसो ३ बजेतिर बैठक बस्न सक्ने जनाएका छन् । 

पछिल्लो समय दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पदीय भागबण्डाको विषयलाई लिएर तुस बमन चलिरहेका बेलामा बैठक बस्न लागेको हो । 

बैठकका एजेन्डाबारे केही उल्लेख नगरिएको भए पनि बैठकमा नेकपाको पछिल्लो गतिविधिप्रति नै छलफल केन्द्रीत हुने बुझिएको छ । 

दुई अध्यक्षबीचका सहमति कडै रुपले बाहिर आएपछि अहिले नेकपाभित्र आरोप प्रत्यारोप चलिरहेको छ । यो विषयलाई दुई अध्यक्षले कसरी सम्वोधन गर्छन् भन्ने विषय महत्वपूर्ण छ । 

सचिवालय सदस्यहरु नै गुट उपगुटको नेतृत्व गरिरहेकाले मंगलबारको भेटमा बढी नै रडाको मच्चिने खतराको सम्भावना समेत देखिएको छ । 

एक सचिवालय सदस्यले भने, ‘हेर्दै जानुस् केही त होला नि ।’ उनले थप कुरा खोल्न चाहेनन् । 
 



मङ्गलबार २१, जेठ २०७६ ०१:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal