वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्छ - देउवा

Yugnepal     753 पटक पढिएको    

वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्छ  - देउवा


रुपन्देही । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्ने माग गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देही शाखाले आइतबार भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा  सभापति देउवाले भने, वाइडबडी, बालुवाटारलगायतका विषयमा अख्तियारले छानबिन गर्नुपर्छ ।

देउवाले प्रेस, न्यायालय र मानवअधिकारमाथिको हस्तक्षेप नेपाली कांग्रेसका लागि अमान्य हुने बताए । देउवाले भने, “यो सरकारले सबै ठाउँमा हस्तक्षेप गरिरहेको छ । स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका र मानवअधिकार आयोगमाथि पनि हस्तक्षेप गरिरहेको छ । यो कदापि मान्य हुँदैन ।”

सरकारका कामप्रति विरोध गर्दै उनले सरकारले ल्याएको बजेट कायकर्ता पालनपोषण गर्ने शैली भएको टिप्पणीसमेत गरे।

 



आइतबार १९, जेठ २०७६ ०८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal