काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य बामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।
पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डले सहमतिविपरित कुरा गर्न थालियो भने चिज अर्को ढंगले जाने बताएसँगै गौतमको यस्तो प्रतिक्रिया आएको हो ।
प्यूठान पुगेका गौतमले पत्रकार सम्मेलनमा पार्टी एकता गर्दा भएको सहमतिमा दायाँबायाँ गर्न नहुने बताए । उनले समृद्ध मुलुक निर्माणको सुरुवात भएकोले यसको कार्यान्वयका लागि समेत सहमति कार्यान्वयन अवश्यक भएको बताए ।
गौतमले भने ‘नेकपाले पाँच वर्ष सरकार सञ्चालनको जिम्मा पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले पालोपालो सरकार चलाउने सहमति भैसकेको छ । त्यही अनुसार सरकारको नेतृतव परिवर्तन हुन्छ ।ु
यसअघि प्रचण्डले प्रधानमन्त्री ओलीले साढे दुई वर्षपछि प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न नसकिने बताउदै आएका छन् । त्यस लगत्तै ओली दाहालबचीको गोप्य भनिएको सहमति सार्वजनिक भएको थियो ।
प्रतिकृया दिनुहोस