काठमाडौं । सरकारले महाकाली नदिमा बनाउन लागेको चार लेनको मोटरेवल पुलका लागि ९० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन । कञ्चनपुरमा भीमदत्तनगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने गरी महाकाली नदीमा पुल बनाउने कार्य यसअघि नै सुरु गरिएको थियो । यसअघि महाकाली नदिमा रहेको सारदा बराज भारतको स्वामित्वमा रहेको र पूल पुरानो भएपछि मालबाहक ठूला सवारी पुलमा गुड्दैनन् । बाह्रखरी
प्रतिकृया दिनुहोस