काँग्रेसको प्रदेश अधिवेशन फागुन २६ गते धनगढीमा हुने

सभापति शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने

युग संवाददाता     136 पटक पढिएको    

काँग्रेसको प्रदेश अधिवेशन फागुन २६ गते धनगढीमा हुने


धनगढी, / फागुन र  नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन फागुन २६ गते धनगढीमा हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलन काँग्रेस प्रदेश सभापति वीर बहादुर बलायरले यही फागुन २६ गते प्रदेश अधिवेशन आयोजना गरिएको जानकारी दिए । उनले अधिवेशनमा प्रदेश भरबाट ५ सय बढी प्रतिनिधिको सहभागिता रहने बताए । सभापति बलायरले फागुन २७ र २८ गते धनगढीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने बताए । उक्त प्रशिक्षण कार्यक्रममा डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तन नहुने बताए । उनले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, सुशासन, विकास र आर्थिक समृद्धि हासिल गर्न ९काँग्रेस–एमाले० वर्तमान सरकार गठन भएको बताए ।



मङ्गलबार २०, फागुन २०८१ ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal