भोली दिउँसो ४ बजे बजेट, बृद्धभत्ता र कर्मचारी तलवमा बृद्धि
भोली जेठ १५ गते दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत हुने छ। सभामुख कृष्णबहादुर महराले आर्थिक वर्ष २०७६ ०७७ को बजेट दिउँसो ४ बजे प्रस्तुत हुने जानकारी गराएका हुन्। सरकारले करिव १५ खर्बको बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्षको संघीय बजेटका लागि राष्ट्रिय योजना आयोगले १४ खर्ब ९१ अर्ब ९० करोड रुपैयाँको सिलिङ दिएको थियो । संघीय, प्रदेश र स्थानीय तहको समेत गरेर बजेटको आकार २० खर्ब पुग्ने अनुमान छ । बजेटमा विकास तर्फका योजना भन्दा वितरणमुखि आकारहरु खोजिएको बुझिएको छ ।
७ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान
आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान सरकारले गरेको छ । चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले उच्च आर्थिक वृद्धिदर हुने अर्थमन्त्री डा। युवराज खतिवडाको दावी रहेको छ ।
अर्थमन्त्री खतिवडाद्धारा पेश गरिएको सर्वेक्षणमा शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको उल्लेख छ । उच्च आर्थिक वृद्धि, सामाजिक तथा आर्थिक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिबी क्रमिक रुपमा घट्दै गएको पनि सर्वेषणमा उनले उल्लेख गरेका छन् । सर्वेक्षणमा निरपेक्ष गरिवीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ। त्यसैगरी विकासतर्फ
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुने, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण लोकमार्गको काम पनि तीव्रताका साथ अघि बढाएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
सामाजिक सुरक्षा भत्तामा बृद्धि
बजेटमार्फत सरकारले सामाजिक सुरक्षाभत्ता पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ। नेकपाले सरकारमा गएपछि सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने भनेको थियो। तथापी अघिल्लो बर्ष नबढेको सामाजिक सुरक्षा भत्ता यसपाली ५ सय रुपैयाँ बढ्ने भएको हो । स्रोतका अनुसार बृद्ध भत्ता बढीमा एकहजार र कम्तिमा ५ सय बृद्धि हुने छ ।
तलवमा बृद्धि
त्यसैगरी सरकारी कर्मचारीको तलबभत्तामा पनि बृद्धि गरिने भएको छ । अहिलेको तलबमा उपल्लो तहकालाई १० प्रतिशत र तल्लो तहकालाई २० प्रतिशतसम्म तलव बृद्धि हुने छ । केही समयदेखि कर्मचारी संगठनहरुले तलब र भत्ता बढाउन अर्थमन्त्री खतिवडालाई दबाब दिँदै आएका छन्। अर्थमन्त्रीसँगको छलफलमा २० प्रतिशतमा तलव बढाउने भनिएको बुझिएको छ । बैंकिङ खबर
प्रतिकृया दिनुहोस