राजनितिक स्थायीत्त्व भएमात्रै  व्यवसाय स्थायीत्त्व हुन्छ ःअध्यक्ष  ढकाल

युग संवाददाता     232 पटक पढिएको    

राजनितिक स्थायीत्त्व भएमात्रै  व्यवसाय स्थायीत्त्व हुन्छ ःअध्यक्ष  ढकाल


धनगढी / नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल देशमा राजनितिक स्थायीत्त्व भएमात्रै  व्यवसाय स्थायीत्त्व   हुने बताएका छन्  कैलाली उधोग बाणिज्य सघंको ५० औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले कोरोना कहर पछि ओरालो लागेको उधोग ब्यवसाय राजनितिक अस्थिरताका कारण माथी उठ्न नसकेको बताएका हुन् ।

कोरोनापनि ब्यापार ब्यवसाय निरन्तर ओरालो लाग्यो ब्यवसायीका पिडा मैले भनिराख्नु पर्दैन अध्यक्ष ढकालले भने “कोरोना कहरपछि आर्थिक मन्दी शुरु भयो त्यस कारण धेरै ब्यवसायी पलायनपनि भइसकेका छन्, त्यसपछि हामीहरुले देशको आर्थिक क्षेत्र सुधार गर्ने प्रयार गरेकै हौँ तर ६ महिना ३ महिनामा फेरिने नेपालको सरकारका कारण आर्थिक सुधार हुन सकेन ।” हाल देशका दुई ठुला राजनितिक दल मिलेर सरकार बनेको छ हामी ब्यवसायी आशावादी भएका छौँ उनले भने “अब राजनितिक स्थिायित्व हुन्छ र देशको अर्थतन्त्र सुधार हुन्छ भन्ने हामीहरुले आश लिएका छौँ, यसको शुरुवात सेयर मार्केटबाटै भएको छ, सरकारले अर्थतन्त्रका लागी शुरुवाती सकेंत राम्रै देखाएको छ, यो सफल हुन्छ भन्नेमा हामी बिश्वस्त छौँ ।”


उधोग बाणिज्य महासघंलेनै निकै लबिङ गरेकै कारण बैकं तथा बित्तिय संस्थाको ब्याजदरमा सुधार भएको ढकालले बताए । बैकं तथा बित्तिय संस्थाको ब्याजदरले मात्रै नभएर आर्थिक मन्दी आउनुमा अन्य थुप्रै कारण रहेछन् ढकालले भने “राजनितिक स्थिायित्व सगैं बैकं तथा बित्तिय संस्थामा समानता समेत कायम हुँदै गएको छ, हामीले सिमा क्षेत्रमा कडाई गर्नुपर्छ भनेर शसक्त आवाज उठाइरहेका छौँ, सिमामा कडाई नभएकै कारण सरकारले ठुलो राजश्व गुमाउनु परेको छ र नेपाली ब्यवसायीहरुले लगानीको प्रतिफलपनि नपाएको स्थिती छ, त्यस कारण सिमामा निकै कडाई गर्नुपर्छ ।”

नेपालमा निजि क्षेत्रको सहकार्यमा नेपाल सरकारले गरेको लगानी सम्मेलनपछि परिमार्जन भएका कानुनहरुले लगानीको वातावरण सहज बनाएको अध्यक्ष ढकालले बताए । कानुन परिवर्तन गर्नका लागी हामीले लबिङ गरेका थिायौँ र ८ वटा कानुन परिमार्जन भएका छन्, यसले हामीले निरन्तर लागे माग सम्बोधन हुने रहेछन्, भन्ने प्रमाणित भएको छ उनले भने “अब स्थिायित्व छ, लगानीको वातावरण बढ्ने छ, अब बैकं तथा बित्तिय संस्थाको सुधार छ, पर्यटकहरु बढिरहेका छन्, अहिलेको मौद्रिक नितिलेपनि धेरै सकारात्मक मेसेज गरेको छ र अब छोटो समयमै यो समस्या हल हुन्छ भन्ने अपेक्षा लिएको छु ।”

नेपालमा सम्भावनानै छैन, लगानीको वातावरण छैन भन्ने भाष्य निर्माण भएको छ, उनले भने “अब यो भाष्य चिरेर सानो लगानीमै राम्रै उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उद्देश्य सहित हामीले १० अर्बको लगानीमा पब्लिक मिटेड कम्पनि सञ्चालन गरिसकेका छौँ, तपाइहरुका क्षेत्रमा रहेका सम्भावित क्षेत्रमा पनि लगानी गर्ने छौँ, त्यस कारण जिल्ला, नगर उधोग बाणिज्य सघंका साथीहरु यसमा जोडिन आग्रहपनि गर्दछु ।”
कैलाली उधोग बाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवरको अध्यक्षतामा आयोजित साधारणसभा कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना, आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारी, उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य जगं मल्ल, कञ्चनपुर उधोग बाणिज्य सघंका अध्यक्ष, नेपनलगन्ज उधोग बाणिज्य सघंका अध्यक्ष लगायतले सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमकै अवशरमा बिभिन्न ब्यक्ती तथा संस्थाहरुलाई सम्भान समेत गरिएको थियो । साधारणसभा उद्घाटन पुर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले कैलाली उधोग बाणिज्य सघं परिसरमा निर्मित कैलाली उधोग बाणिज्य सघंका संस्थापक अध्यक्ष दिलिप सिहं मल्लको सालिक अनावरण गरेका थिए ।



शनिबार २६, साउन २०८१ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal