भारत चुनावः कुन राज्यमा को अगाडि, को पछाडि, विवरणसहित
काठमाडौं । भारतको लोकसभा निर्वाचनमा मतगणना जारी रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपी अगाडि रहेको छ ।
बीेजेपीको गठबन्धन एनडीए अगाडि रहँदा काँग्रेस पछाडि रहेको छ । काँग्रेसको युपीएले सफलता हासिल गर्न नसकेको हो ।
कुन राज्यमा को अगाडि रु
उत्तर प्रदेशको ८० सिटमा बीजेपी ४८ सिटमा अगाडि रहँदा बीएसपी १६, एसपी १२, काँग्रेस ३ र अन्य १ सिट ।
महाराष्ट्रको ४८ सिटमा बीजेपी २०, एसएस १६, काँग्रेस ७, एनसीपी ५ सिट ।
वेष्ट बंगालकोे ४२ सिटमा बीजेपी १९, तृणमल १९, काँग्रेस २ सिटमा अगाडि ।
बिहारमा ४० सिटमा बीजेपी १६, जेडीयु १४, काँग्रेस २ र आरजेडी २ तथा अन्य ६ सिटमा अगाडि ।
तमिलनाडुमा ३९ सिटमध्ये डीएमके २१ र काँग्रेस ७ सिटमा अगाडि रहँदा बीजेपी शून्यमा छ ।
आनन्दमन र निकोबार आइल्याण्डको एक सिटमा बीजेपी अगाडि ।
आन्ध्रप्रदेशको २५ सिटमा वाइएसआरसीपीको १४ तथा टीडीपीको ११ सिट हुँदा बीजेपी र काँग्रेस शुन्यमा ।
अरुणान्चलको २ सिटमा बीजेपी अगाडि ।
असमको १४ सिटमा बीजेपी ९, एजीपी २ तथा काँग्रेस १ र अन्य २ सिट ।
चन्डिगढको १ सिटमा बीजेपी अगाडि । छत्तीसगढमा ११ सिटमध्ये बीजेपी ८ र काँग्रेस ३ सिट अगाडि ।
दिल्लीका सबै सात सिटमा बीजेपी अगाडि ।
गोवाका दुई सिटमा बीजेपी र काँग्रेस १–१ सिट ।
गुजरातका २६ सिटमा २३ बीजेपी र २ काँग्रेस अगाडि ।
हरियाणाका सबै १० सिटमा बीजेपी अगाडि ।
हिमांचल प्रदेशका सबै ४ सिटमा बीजेपी अगाडि ।
जम्बूकश्मिरका ६ सिटमध्ये काँग्रेस २, बीजेपी १ र अन्य ३ सिट ।
झारखण्डमा १४ मध्ये बीजेपी १०, काँग्रैस २, जेएमएम १ र अन्य १ ।
कर्नाटकका २८ मध्ये बीजेपी १४, काँग्रेस ९, जेडीएस ४ सिट ।
केरलामा काँग्रेस १५, बीजेपी शुन्य ।
मध्यप्रदेशका २९ सिटमध्ये बीजेपी २३ र काँग्रेस ४ सिट ।
ओडिसाको २१ सिटमा बीजेडी १६ र बीजेपी ४ सिटमा अगाडि ।
पंजावको १३ सिटमा काँग्रेस ९, बीजेपी २ सिट ।
राजस्थानमा २५ सिटमध्ये बीजेपी २३, काँग्रेस १ सिट ।
तेलंगानाको १७ सिटमा टीआरएस १२, बीजेपी ३ र काँग्रेस १ सिट ।
उत्तराखण्डमा ५ मध्ये बीजेपी सबै सिटमा अगाडि ।
प्रतिकृया दिनुहोस