रिसाहा सोनाक्षी

युग संवाददाता     2735 पटक पढिएको    

रिसाहा सोनाक्षी

सन् १९८७ जून २ मा जन्मिएकी बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ३२ वर्षकी छन्। कुनै बेलाका चर्चित अभिनेता तथा हाल भारतीय जनता पार्टीका नेता शत्रुधन सिन्हाकी छोरी हुन्।

सन् २०१० मा आएको सुपरहिट फिल्म दबंग बाट फिल्मी करिअरमा पाइला राखेकी सोनाक्षी आम दर्शकका आँखामा सोझी देखिन्छिन्। तर, सोनाक्षी हेर्दा जति सोझी र शालीन देखिन्छिन्, त्यत्तिकै रिसाहा पनि छिन्। उनलाई सितिमिति रिस नउठ्ने उठेपछि थाम्नै नसक्ने आफैंले सुलासा गरेकी छन्।

थाम्नै नसक्ने गरी उनलाई रिस उठाउने खास विषय हो, अरूलाई बेइज्जत गर्ने प्रवृत्ति। ‘जब मलाई रिस उठ्छ, कसैको कुरा सुन्न सक्दिनँ। रिसाएपछि आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ’, उनले भनेकी छन्। सोनाक्षीका अनुसार, उनको जीवनमा धेरै त्यस्ता मानिस भेटेकी छन्, उनीहरू सानो कुरालाई लिएर अर्काको बेइज्जत गर्न खोज्छन्। ‘यदि कोही प्रभावशाली व्यक्ति हो भने यस्तो गलत व्यवहार किन गर्ने?’ उनले प्रश्न गरेकी छन्।

फिल्म लुटेराको छायांकनका क्रममा सोनाक्षी सह-अभिनेता रणवीर सिंहसँग निकै रिसाएकी थिइन्। उनले रणवीरका कारण सुटिङ सेट नै छाडेकी थिइन्। सुटिङ सेट छाड्नुको कारण थियो, रणवीरले गरेको सानो गल्ती। सुटिङको क्रममा एउटा सिनमा रणवीरले सोनाक्षीलाई समातेर संवाद बोल्नुपर्ने थियो।

आफ्नो चरित्रमा डुबेका रणवीर संवाद भन्दै थिए, तर बोलिरहँदा मुखबाट थुकका छिटा उछिट्याइरहे। यसबारे रणवीरलाई पटकपटक सम्झाइरहेकी सोनाक्षी अन्तत: रिसको पारो छुटेपछि सुटिङ सेट नै छाडेर हिँडेकी थिइन्। यसपछि रोकिएको सुटिङलाई निरन्तरता दिन रणवीरले माफी माग्दै सोनाक्षीलाई सेटमा ल्याउन निकै मिहिनेत गर्नुपरेको थियो।

एजेन्सी



सोमबार ०६, फागुन २०७५ १२:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.