भारतको मतगणनामा भाजपा गठबन्धन निकै अगाडि
काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ः१५ बजेदेखि सुरु भएको छ ।
मतगणनाको प्रारम्भिक मतगणना अनुसार भारतीय जनता पार्टी भाजपाको संयुक्त गठबन्धन एनडीए निकै अगाडि रहेको छ ।
एनडीएले प्रमुख प्रतिपक्षी दल काँग्रेसको गठबन्धन युपीए भन्दा निकै अगाडि हेको छ ।
मतगणना सुरु भएको १५ मिनेटकै अवधिमा ५४२ सिटमध्ये भाजपा गठबन्धन १४० सिटमा अगाडि रहेको छ भने काँग्रेस गठबन्धन केवल ४६ सिटमा मात्र अगाडि छ ।
सपा र बसपा सहितका अन्य दल ४६ सिटमा अगाडि रहँदा तृणमुलले खाता खोलेको छैन ।
प्रतिकृया दिनुहोस