परराष्ट्र सचिवमा जुनसुकै सेवाबाट जान सक्ने गरी ल्याइएको विधेयक गलत अध्यक्ष   - थापा

राजनिति

Yugnepal     711 पटक पढिएको    

परराष्ट्र सचिवमा जुनसुकै सेवाबाट जान सक्ने गरी ल्याइएको विधेयक गलत अध्यक्ष   - थापा



काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै सेवाबाट जानसक्ने गरि सरकारले पेस गरेको विधेयक अनुपयुक्त र गलत भएको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहिसकेका थापाले मंगलबार बिहान ट्विट गर्दै भनेका छन्,‘‘परराष्ट्र मन्त्रालयको सचिव जुनसुकै सेवाबाट जानसक्ने गरी सरकारले पेश गरेको विधेयक अनुपयुक्त र गलत छ । यसले परराष्ट्र सेवाको व्यवसायिक क्षमतामा ह्रास आउने र कुटनीतिक सम्बन्ध कमजोर बनाउने छ । अन्तर्राष्ट्रिय सम्बन्धको महत्व बुझेका प्रम केपी ओलीले पक्कैपनि यसलाई सच्याउने विश्वास गर्दछु ।’’



मङ्गलबार ०७, जेठ २०७६ ०४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal