वैद्यनााथ धाममा १४४ बर्ष पछि लाग्दै कोटिहोम

युग संवाददाता     271 पटक पढिएको    

वैद्यनााथ धाममा १४४ बर्ष पछि लाग्दै कोटिहोम

 

धनगढी। नेपालका चार धाम मध्यको एक सुदुरपश्चिम कै प्रमुख धाम अछामको वैद्यनााथ धाममा १४४ बर्ष पछि लाग्ने कोटिहोम को तयारी तीब्र पारिएको छ।

प्रवित्र तीर्थस्थलवैद्यनााथधामको धार्मिक, सांस्कृतिक एव पर्यटकिय महत्वका बारेमा प्रचार प्रसार गर्ने उदेश्यले फागुन १० देखि २५ गते सम्म आयोजना हुने बैधनाथ कोटिहोम २०८० को बारेमा आयोजक ले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। मुल आयोजक समितिका संयोजक शेर बहादुर कुँवरले देशै भरी उपसमिति बनाएर तयारी को कार्य भैरहेको बताए।

१५ दिन सम्म संञ्चालन हुने बैधनाथ कोटिहोम महायज्ञमा डेड करोड भदा बढी खर्च हुने भएपछि यति वेला मुल आयोजक समिति त्यसमा जुटेको छ।महायज्ञमा ५ वटा मण्डप रहने छन्। कोटीहोममा कथाबाचन प्रा ।भबानी प्रसाद खतिवडाले गर्ने छन्। मुल आयोजक समितिका संयोजक शेर बहादुर कुँवरले बैदिक सनातन धर्म संस्कृतिको संरक्षण तथा गुरुकुल शिक्षाको सुदृटीकरण र वेद विद्याश्रमलाई आयुर्वेदमा विमा स्तोरोन्ति गर्ने यसले महत्वपुर्ण भुमिका खेल्ने बताए।

त्यस्तै कोटिहोम मार्फत धर्म संस्कृति को जगेर्ना तथा आन्तरिक पर्यटनलाई बढाउने उधेश्य समितिले राखेको छ। महायज्ञको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेल ले गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।संयोजक कुँवरले महायज्ञको उदघाटनमा २० हजार बढी स्थानीय को सहभागीता रहने आयोजकको अपेक्षा रहेको छ। महायज्ञ को समय पारेर समिट ऐर संग धनगढी वा नेपालगन्जबाट उडान को ब्यबस्था समेत गरिने गरि छलफल भैरहेको आयोजकले जनाएको छ।



शनिबार २७, माघ २०८० १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.