निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट १९२ अर्ब ६४ करोड कर्जा प्रवाह

युग संवाददाता     199 पटक पढिएको    

निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुबाट १९२ अर्ब ६४ करोड कर्जा प्रवाह

 

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु १९२ अर्ब ६४ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुससम्म को तथ्यांकमा आधारित रिपोर्टमा यस्तो कर्जा ४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु१३७ अर्ब ३३ करोड ९३/० प्रतिशत ले बढेको थियो। यस्तै वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४/९ प्रतिशतले बढेको छ ।
यस्तै पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३/२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६/८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४/० प्रतिशतले, विकास बैंकहरुको ४/४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २/४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


यस्तै पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११/४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु सुरक्षणको रुपमा रहेको छ भने ६७/७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२।२ प्रतिशत र ६७।२ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १।१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८/० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४/१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०।६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २/० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४/५ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ७/० प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३/२ प्रतिशतले, नगद प्रवाह कर्जा २७।५ प्रतिशतले, ट्रष्ट रिसिट आयात कर्जा ५/८ प्रतिशतले, रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जासमेत० ४/७ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १०/५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४१/० प्रतिशतले पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत र हायर पर्चेज कर्जा १९/९ प्रतिशतले घटेको छ । बैंकिङ खबरबाट 



बिहिबार २५, माघ २०८० ०४:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal