१२ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

युग संवाददाता     310 पटक पढिएको    

१२ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

 

नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १८२ दिने ७ अर्ब रुपैयाँ र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी क्रमशः २०८१ साउन २२ गते र २०८१ माघ २२ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल माघ २३ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार माघ २२ गते दिउँसो ३ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। बैंकिङ खबर बाट 



सोमबार २२, माघ २०८० ०५:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal