नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न सरकारको स्वीकृत

युग संवाददाता     359 पटक पढिएको    

नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न सरकारको स्वीकृत

 


 काठमान्डौ साउन २५ नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ। मंगलवार बसेको मन्त्रीपरिषद्को बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल राष्ट्र बैंकलाई ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको जानकारी दिएकी हुन्।


उनले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताइन्। मन्त्रीपरिषद्ले साईवर सुरक्षा नीति पनि स्वीकृत गरेको उनले बताइन्। उनले भनिन्,‘अर्थमन्त्रालयको प्रस्तावमा रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिने निर्णय भएको छ। साईवर सुरक्षा नीति स्वीकृत भएको छ। बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ।’ उनले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न पनि मन्त्री परिषद्ले स्वीकृत दिइएको बताइन्।  बैंकिङ खबरबाट 



बिहिबार २५, साउन २०८० ०५:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal