दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको हो - सभापति देउवा
काठमाडौं । प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हार बेहोर्नु परेको बताएका छन् । उनले पार्टी हार्नु्मा आफ्नो कुनै दोष नरहेको गुनासो गरे ।
शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले आफूमाथि आरोप लगाउन छोडेर आउँदो निर्वाचनमा पार्टीलाई जिताउने गरि लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीलाई हराउने विरुद्ध उभिएको दाबी गरे ।
निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस