वाणिज्य बैंकहरुको नाफा २० प्रतिशतले बढ्यो कुनले कति कमायो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । कर्जा प्रवाहमा गरिएको नियन्त्रणका बाबजुद पनि पछिल्लो तीन महिनामा बैंकहरुको नाफा २० प्रतिशतले बढेको छ । बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने नौ अर्बभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षमा २८ वाणिज्य बैंकहरुको नाफा ५४ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको नौ महिनामा दुई वटा बैंकले तीन अर्ब, ६ वटा बैंकले दुई अर्ब र १८ वटा बैंकले एक अर्बभन्दा बढी नाफा कमाएका छन् । सिभिल र सेन्चुरी बैंकको नाफा भने करोडमै सीमित रहेको छ । हेरौँ, २८ वटै वाणिज्य बैंकको नाफा विवरण स्
राष्ट्रिय वाणिज्य बैंक स् तीन अर्ब ४९ करोड रुपैयाँ
नविल बैंक स् तीन अर्ब १९ करोड रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट बैंक स् दुई अर्ब ५६ करोड रुपैयाँ
एनआईसी एशिया बैंक स् दुई अर्ब २७ करोड रुपैयाँ
नेपाल बैंक स् दुई अर्ब २४ करोड रुपैयाँ
एभरेष्ट बैंक स् दुई अर्ब २१ करोड रुपैयाँ
कृषि विकास बैंक स् दुई अर्ब २१ करोड रुपैयाँ
हिमालयन बैंक स् दुई अर्ब एक करोड रुपैयाँ
ग्लोबल आईएमई बैंक स् एक अर्ब ८७ करोड रुपैयाँ
स्टान्डर्ड चार्टर्ड बैंक स् एक अर्ब ७३ करोड रुपैयाँ
एनएमबी बैंक स् एक अर्ब ६५ करोड रुपैयाँ
नेपाल एसबीआई बैंक स् एक अर्ब ६० करोड रुपैयाँ
सिद्धार्थ बैंक स् एक अर्ब ५९ करोड रुपैयाँ
सानिमा बैंक स् एक अर्ब ५७ करोड रुपैयाँ
प्राइम कमर्सियल बैंक स् एक अर्ब ५४ करोड रुपैयाँ
प्रभु बैंक स् एक अर्ब ४५ करोड रुपैयाँ
माछापूच्छ्रे बैंक स् एक अर्ब २४ करोड रुपैयाँ
सनराइज बैंक स् एक अर्ब २२ करोड रुपैयाँ
मेगा बैंक स् एक अर्ब २१ करोड रुपैयाँ
बैंक अफ काठमाण्डू स् एक अर्ब २० करोड रुपैयाँ
नेपाल क्रेडिट एण्ड कमर्श बैंक स् एक अर्ब १६ करोड रुपैयाँ
नेपाल बंगलादेश बैंक स् एक अर्ब १४ करोड रुपैयाँ
सिटिजन्स बैंक स् एक अर्ब सात करोड रुपैयाँ
लक्ष्मी बैंक स् एक अर्ब तीन करोड रुपैयाँ
जनता बैंक स् एक अर्ब दुई करोड रुपैयाँ
कुमारी बैंक स् एक अर्ब रुपैयाँ
सेञ्चुरी कमर्सियल बैंक स् ६१ करोड रुपैयाँ
सिभिल बैंक स् ४९ करोड रुपैयाँ
बैंकिङ खबर बाट
प्रतिकृया दिनुहोस