प्रधानमन्त्री केपी ओलीका कारण संघीय फोरम खतरामा

संघीय फोरम खतरामा

युग संवाददाता     861 पटक पढिएको    

प्रधानमन्त्री केपी ओलीका कारण संघीय फोरम खतरामा

 

काठमाडौं फागुन ५
। सत्तारुण नेकपाका अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीच बाहिर देखावटी एकता भएपनि भित्र भित्रै भने अविश्वास बढ्दै गएका तथ्य र प्रमाणहरु फेला पर्न थालेका छन्। नेकपाका एक अध्यक्ष प्रचण्ड र पूर्व एमालेकै केहि नेताहरु सरकार विरुद्ध रहेको अनुभव पछि सत्ता सञ्चालन गरिरहेका केपी शर्मा ओली र उनको टोली सत्ता टिकाउने वैकल्पिक योजनामा अघी बढ्न थालेका छन्। वैकल्पिक योजनाका बारेका ओलीले आफ्नो किचन क्याविनेटमा छलफल अघी बढाएको छ।

पूर्व माओवादी आफू विरुद्ध उभिएको अवस्थामा पूर्व माओवादीका कतिजनालाई आफ्नो पक्षमा पार्न सकिन्छ भनेर केपी र उनको टीम गृहकार्यमा लागेको छ। पूर्व एमालेका नेताहरु र वरियतामा तेस्रो र चौथो नम्वरमा रहेका माधव कुमार नेपाल र झलनाथ खनाल असन्तुष्ट भएर प्रचण्डसँगै मिसिएको अवस्थामा के गर्ने भन्ने योजनामा पनि ओलीको टीम लागेको छ।  

प्रचण्ड, माधव र झलनाथ एक ठाउँमा उभिएको अवस्थामा सत्तारुढ दलको साथ कसरी प्राप्त हुन्छ भन्नेमा समेत गृहकार्यमा ओली टीम लागिपरेको छ।

सत्तारुढ संघीय फोरमको भूमिका के हुन्छ भन्नेमा ओली द्विविधामा रहेको स्रोत बताउँछ। प्रधानमन्त्री ओली र उनको टीम संघीय फोरम र त्यसका अध्यक्ष उपेन्द्र यादव प्रचण्डसँग नजिकिन सक्ने निष्कर्षमा पुगेको बताइएको छ। राजनीतिक उतारचढावमा उपेन्द्र र उनको पार्टीले आफूलाई सहयोग नगर्दा संघीय फोरमलाई फुटाएर पनि केहि सांसद आफ्नो पक्षमा पार्न ओली र उनको टीम गृहकार्यमा जुटेको छ।

यहि बीचमा ओलीको निर्देशनमा उनका विश्वासपात्रहरुले पर्साबाट प्रतिनिधत्व गर्ने संघीय फोरमका सांसद प्रदिप यादवसँग आवश्यक परे फोरमलाई फुटाएर नया पार्टी बनाउने बिषयमा छलफल समेत गरेका छन्। कुल १६ सांसद रहेको फोरमलाई फुटाउन ओलीको टीमले प्रदिपलाई आकर्षक अफर गरेको छ।

पार्टी फुटाएर सरकारलाई समर्थन गरेर आउँदा सरकारमा मन्त्री बनाउनेदेखि नयाँ पार्टी बनाउँदाको सम्पूर्ण खर्च समेत आफूले व्यहोर्ने ओलीले यादवलाई सन्देश पठाएका छन्। ओली सरकारमा मन्त्री बन्ने आकांक्षा राखेर पनि नपाएका यादव उपेन्द्रसँग रुष्ट छन्। उपप्रधानमन्त्री समेत रहेका उपेन्द्रसँग रुष्ट यादव प्रधानमन्त्री ओलीको प्रस्ताव पछि आन्तरिक छलफलमा रहेको बताइएको छ। जवाफमा यादवले पनि आफूहरु ७ सांसदसहित नयाँ ढंगले पार्टीका बारेमा सोच्न सकिने खबर पठाएका छन्।  उपेन्द्र वाहिर भए राजपालाई पनि सरकारमा ल्याउन सकिने योजनामा ओली रहेको बताइएको छ।

प्रधानमन्त्रीसँग पार्टी सञ्चालन र सरकार सञ्चालनमा रुष्ट रहेका प्रचण्ड, माधव र झलनाथ खनाल अहिले ओलीलाई घेरावन्दी गर्ने दाउमा छन्। उनीहरुले ओलीले आफूहरुको कुरा नसुने उनलाई अल्पमतमा पारेर राजीनामा दिन लगाउने र एक व्यक्ति एक पदको कुरालाई पनि जोडतोडका साथ उठाउन लागिपरेका छन्।
यो सबै कुराको जानकारी पाएका प्रधानमन्त्री ओलीले आफूसँग असन्तुष्ट रहेका नेताहरुलाई साइजमा ल्याउन वैकल्पिक योजनामा समेत रहेको बुझिएको छ। सकेसम्म मिलाउने नमिलेको अवस्थामा बीचैमा मध्यावधी घोषणा गरेर जाने सम्मको तयारीमा ओलीले छलफल गरेका छन्। मध्यावधीमा जाने अवस्था सिर्जना भए आफूलाई काम गर्न नदिएको भन्दै आफ्नै नेताहरुको विरोधमा समेत उभिने छन्।

यहि बीचमा उनले आफू निकट नेताहरुलाई आफ्नो पक्षमा मात्र होइन प्रचण्डको विपक्षमा समेत बोल्न लगाउन थालेका छन्। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा कुनै सहमति नभएको दावी गरेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने पोखरेलले बताएका छन् । नेकपाका प्रभावशाली नेता समेत रहेका मन्त्री पोखरेलले ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरेका हुन् ।

‘मैले दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको छु । तर, दुबैले यो विषय केही होइन भन्नुभएको छ’, मन्त्री पोखरेलले भने, ‘ओलीज्यूलाई किन हटाउने  केका लागि हटाउने रु उहाँले नै पाँच वर्ष चलाउनु हुन्छ।

पार्टी र सरकार सञ्चालनमा रस्साकस्सी चलिरहँदा नेपालको राजनीति फेरि एकपटक तरल हुने अवस्थामा आएको अनुमानहरु पनि गरिएका छन्। तर यो बिषयलाई प्रधानमन्त्री केपी ओलीले कति बुद्धिमतापूर्पक सामना गर्छन त्यति नै राजनीतिक निकास चाँडो निस्कने देखिन्छ। नत्र प्रधानमन्त्री ओलीको समृद्धी र विकासले हावा खानेतर्फ अघी बढेको प्रष्ट देखिन थालेको छ।

 



आइतबार ०५, फागुन २०७५ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.