काठमाडौँ / पूर्वमन्त्री एवम् मातृभूमि जागरण अभियानका संयोजक डा भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका छन् । उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसहितका नेताहरूसँगको छलफलमा उक्त कुरा टुङ्गिएको हो ।
आइतबारको भेटघाट प्रचण्ड निवासमा भएको थियो । रावललाई कुन भूमिका दिने भन्नेबारे एकिन भएको छैन । तर उक्त छलफलमा सहभागी नेता प्रकाश ज्वालाका अनुसार रावलसँगको कुरा सकारात्मक रूपमा अघि बढेको छ ।
रावल कमरेडसँगको आजको छलफल एकदमै सकारात्मक भयो,उनले शिलापत्रसँग भने, संयोजक, सहसंयोजक कमरेडहरूसँग खुल्ला छलफल छलफल भएको उनले बताए ।
प्रतिकृया दिनुहोस