धनगढी विमान स्थलको अनुगमन - समयमै मर्मत सम्पन्न गर्न नगर प्रमुखको निर्देशन

अनुगमन

Yugnepal     1059 पटक पढिएको    

धनगढी विमान स्थलको अनुगमन - समयमै मर्मत सम्पन्न गर्न नगर प्रमुखको निर्देशन

 

मर्मत कार्य भैरहेको धनगढी विमानस्थलको बिहीबार धनगढी उप–महानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको टोलीले अनुगमन गरेको छ ।

अनुगमन टोलीले निर्धारीत समय भित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले निर्धारीत समय भित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजिकरणका लागि तयार रहेको बताए । हाम्रो तहबाट गर्नुपर्ने कुनै सहयोग छ भने निर्माण कम्पनीले भन्नु प¥यो नगरप्रमुख वडले भने, तर निर्धारीत समय भित्र गुणस्तरको काम भएको   हुनुपर्छ । नगरप्रमुख वडले निर्माण कम्पनी निर्धारीत समयमा नै काम गर्ने प्रतिवद्धता जनाएको बताए ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मर्मतमा आस लाग्दो प्रगती देखिएको बताए । निर्माण कम्पनीले श्रोत साधन प्रयोग गरेर मर्मतलाई गती दिएको पाईयो निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले भने, समयमा मर्मत सम्पन्न गर्नका लागि स्थानीय प्रशासन सबै किसिमले सहयोग गर्न तयार छ ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्नका लागि अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने, निर्माण कम्पनीले समयमै काम पुरा गर्नुपर्छ । कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले हवाईसेवा रोकिदा यस क्षेत्रको ब्यापारमा घाटा भएको बताए । समयमै मर्मत कार्य पुरा गर्नका लागि सबै क्षेत्रको दवाव आवश्यक रहेको पनि ओझाले बताए ।

बैशाख २२ गते देखि धावनमार्ग मर्मत भैरहेको छ । यसको अवधी जेठ २१ गते सम्म रहेको छ । धनगढी त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग हो । अहिले धावन मार्ग मर्मत र पाकिङ्ग क्षेत्र विस्तार गरिने काम भैरहेको छ ।

अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ । यस्तै अहिले ३ वटा जहाज पाकिङ्ग व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तारको योजना छ । एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना पनि छ ।

 



बिहिबार ०२, जेठ २०७६ ०६:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.