दौरा सुरुवालमा सजिएर शपथ लिए प्रचण्डले

युग संवाददाता     240 पटक पढिएको    

दौरा सुरुवालमा सजिएर शपथ लिए प्रचण्डले

 


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी तेस्रो पटक प्रधानमन्त्री भएका छन् । प्रायः टाइसुटमा सजिएर हिँड्ने प्रचण्डले दौरा सुरुवालमा शपथ लिएका हुन् । 

तीन पटक प्रधानमन्त्री हुने प्रचण्ड नेपालका एक्लो कम्युनिष्ट नेता हुन् । उनले नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् । 

उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा। बावुराम भट्टराईलगायतको उपस्थिति थियो । 

प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शपथ लिएका छन् । उनीहरु तीनै जना उपप्रधानमन्त्रीको हैसियतमा रहेका छन् । 



सोमबार ११, पुष २०७९ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.