कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

युग संवाददाता     745 पटक पढिएको    

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर पेट्रोल पम्प नजिक से २ त २४७९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।

मृतकको परिचय नखुलेको बताइएको छ। ट्र्याक्टर चालक शुक्लाफाँटा नगरपालिका घर भएका अन्दाजी २३ वर्षीय सुनिल रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 



शनिबार १०, मङि्सर २०७९ ०८:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal