चरित्रवानवाट  चरित्रवान रत्नउत्पन्न हुन्छन्

Yugnepal     1424 पटक पढिएको    

चरित्रवानवाट  चरित्रवान रत्नउत्पन्न हुन्छन्

 लेखक -  टिआर पाठक  अनुपम 

Image may contain: TR Pathak, smiling, sitting and suit
 प्राण जावस तर कुनै हालतमापनिवचन न जावस भन्ने रघुकुलको सिद्धान्त लाई अछुण्ण राख्नश्रीरामवनवास गए । यद्यपि राजादशरथ बेहोस भए तर केकयीले मागेकादुई बर मध्ये श्रीरामलाई बनजाउभनेर आफ्नो मुखले आदेश दिएकाथिएनन ।  केकयी ले राजा समक्षआफ्नो कुमार भरतले राजगद्यीपाउनु पर्ने र श्रीरामले चौध बर्ष वनबास जानु पर्ने माग राखेपछि दशरथ छानाबाट खसेझै भए । उन्ले केकयीलाई कम्पित स्वरमाभने हे प्राण प्यारी महारानीआजतिम्रो यस प्रकारको के मतिबिग्रीनगयो यस्तो अप्रिय कुरो भन्न सकेकी । तिमी के भन्दैछयै र म के सुन्दैछु , । श्रीराम र भरत भनेका मेरा आंखाहुन । मेरा मुटुका धडकन हुन ।मेरा लागि यस्ता अप्रियभएकामागकिन राख्छेस । के पुग्या छैन तंलाइ अरु माग्नु हुने कुरो  दूई होइन सयौ कुरो माग तर यस्ता कुरो मनमापनि कसरी राख्न सकेकी? । राजादशरथ फतफताउदै थिए ।श्रीरामले सोचे कुनै समयमापिताश्रीले माताश्री केकेयीजीलाई वचनदिइ सकेको हुनुपर्छ । पितातथा रघुकुलको वचनपनि जस्तो परिस्थितीआई परेपनिपितावचनलाई मिथ्या राख्नु हुदैन भन्ने सोचेर राजगद्यीको शुभ साईत लाई छोडी श्रीरामजीले राजकीय आभुषण सबै फुकालेर तपस्वीभेषमाबनतीर लागे । श्रीरामका पछि युवराज्ञी सीतामाता र आज्ञाकारी भाई लक्ष्मण पनिजिद्यी गरी पछाडी लागे । श्रीरामले सीता र लक्ष्मणलाई आफ्नो पिछा नगर्न कति सम्झाए तर उनीदुबै देवर भाउज्यूले फर्कन मन गरेनन । श्रीराम सीता र लक्ष्मण तीनै जनाअयोध्याको मोहपुरी राजदरबार परित्याग गरी काटां कंकड बन्यजन्तु भएको घनघोर जंगलको बास रोज्न पुगे । श्रीरामका पछि पुरै अबध पहिलो वास तमसानदी सम्मपुग्यो । आफ्नाप्यारा प्रजालाई सुतेकै अवस्थामा कसैलै सुइैको नपाउने गरी उज्यालो हुन केही घडी रात छदै श्रीरामहरु अन्यत्रै हिडि दिए ।
वनवासको अवधीमा एक पटक चित्रकुटमा महर्षि अत्रिजी कै नजिक पर्णकुटी बनाएर बसेकाथिए । महर्षि अत्रि र ऋषिपत्नी गुरुमा अनुसूयाबाट सीताराम लक्ष्मणले तमामौ आशिर्वचनअर्ति उपदेश लिनु पर्ने थियो । जुनवनवास को संकटकालभर ऋषिवचन नै उन्को सुरक्षा र  सहयोगीभएर रह्यो । 
      एक पटक पञ्चवटीमा रहंदाश्रीरामजी कुटी बाहिर निस्केकाथिए । त्यतिखेर कुटीमा सीता र लक्ष्मण एकान्तमा वसेकाथिए । दुवै युवास्थामाथिए ।सीताको सौन्दर्य अदभूतथियो । आसपासको को वातावरण सुन्दरले भरीपूर थियो । त्यतिकैमाश्रीरामजीपनि टुपुलुक्क आईपुग्नु भयो । देवर भाउज्यू बसेको देख्ता लक्ष्मणलाई सोध्नु भयो   ः पुष्पं दृष्ट्वाफलं दृष्ट्वा स्त्रीणां च यौवनम् ।त्रीणि रत्नानि दृष्टैव कस्य न चलते मनः ।।( पुष्पफलर स्त्रीको यौवनइनितीन रत्नलाई देखेर कस्को मन चञ्चल न होला? )
श्रीरामको प्रश्न सुनी लक्ष्मणले उत्तर दिनु भयो ः 
पिता यस्य शुचिर्भूतो माता यस्य पतिब्रता।उभाम्यावेव संभूतो तस्य नो चलते मनः।।
(जस्को पितापवित्रजीवनवाला हुन्छन र जस्की मातापतिब्रता हुन्छिन उनीवाट उत्पन्नपुत्रको मन चलितअर्थात त्यस्तो चञ्चलहुन सक्तैन ।)
श्रीरामले पुनः सोेधे ः अग्निकुण्ड समानारी घृतकुम्भ सम पुमान ।
पाश्रेव् स्थिता सुन्दरी चेत कस्य नो चलते मनः।।
अर्थात( सुन्दर स्त्री अग्निकुण्डका समान हुन्छिन र पुरुष घीउको कुम्भ(घडा) समान हुन्छन यस स्थितीमा यदि सुन्दरी समीपभइनभने कस्को मन चञ्चलनहोला? )
लक्ष्मणजी पुनःउत्तर दिनु भयो ः
मनो धावति सर्वत्र मदोन्मत्त गजेन्द्रवत् । ज्ञानाड०कुशसमा वुद्धिस्तस्यनो चलते मनः।।) उन्मत्तहात्तीका जस्तो मन सर्वत्र दुगुर्दछ तर ज्ञान रुपीअंकुशका समान जस्को बुद्धि छ  उस्को मन चलितहुदैन । )
धन्यहो भारत भूमिजहां लक्ष्मण जस्ता चरित्रवान रत्नउत्पन्नभए जस्को उच्चतर चरित्रबाट यिनी धरा सदा पुनीत भएकिछिन ।
श्रीराम एक नारी ब्रमचारी थिए ।उनिपत्नीब्रताथिए । सीताजीलाई भित्रयाउदा घरी भनेकाथिर्ए  मेरो पाखुरो कसै स्त्रीले स्पर्श नगरेको तिम्रै तकिया त होनी । जस्तै परिस्थितीमापनितिमीवाहेक मेरा अन्यकुनै स्त्रीहुनेछैनन । धराधाममाश्रीरामको एघार हजार एकसय एघार बर्ष एघार महिना एघार दिन एघार घडी एघार पला सम्म रहनु हुंदाश्रीरामभन्दा एक हजार बर्ष पहिले नै सीताजी परलोक भइन ।  त्रेताकाशक्तिशालीमनुश्यभएर पनि बरु सुनकी सीताको प्रतिमाबनाएर अनुष्ठान सम्पन्न गरे एक हजार बर्ष सम्म राजा रामविना रानीका बिधुर राजाभएर रहे तर अर्कि रानीको नाममाकुनै स्त्री सम्पर्क गरेनन । धन्यश्रीराम । त्यस्तै सीताजी जस्तो परिस्थितीमापनिश्रीरामसिवायउहांले वाह् दृष्टि र भीत्रीमनले अन्य पुरुषको मनमाविचार समेत उत्पन्नहुनदिइनन । 
धन्य लक्ष्मण ः पञ्चवटीमा रहने कममालंकाको राजा रावणले सीतामातालाई अपहरण गरेर लग्यो । सीतामाताले आफ्ना सबै गरगहनाफुकालेर आकासबाटै रामलाई दुरात्मा बाट आफु यस दिंशातर्फ अपहरित भएकिछु  भन्ने संकेत गर्न  पोको छोडेकिथिइन । राम लक्ष्मण ले हासितेभन्दै  खोज्दै जांदा बाटोमातितर बितर भएकागहनाहरु भेटाए । दुवै भाईबिचमागहनाजांचगर्दा लक्ष्मणले पाउजेव र विछिया मात्र सीताभाउज्यूकाहुनभनि ठम्याए । उनले सीताजीले पहिरने उपर अंगकाकुनै जेवर लाई भने चिन्न सकेननकिनकी लक्ष्मणजीले जीवनभर सीताजीको पैतालामामात्र दृष्टि गरेकाथिए त्यसैले गोडी गांठा मुनीपहिरहनु भएका सीताजीका आभुषणलाई चिन्नपुगे । लक्ष्मणले कहिले पनिआफ्नीभाउजु सीताजीको गोडी गाठा माथि दृष्टि लगाएकाथिएन । सूर्यकुलतीलकचक्रबर्ति सम्राट राजादशरथ महारानीकौशल्या र सुमित्राको उच्च राजखानदानमाजन्म संस्कार कुलगुरु बशिष्ठजीको संस्कारी प्रदानउच्चशिक्षाअनुपम संस्कारका साथप्रदानचरित्रवानउच्चशिक्षाप्राप्तगर्ने महानशिष्यश्रीराम लक्ष्मण तथाजनकशिरध्वज र सुनयनाको संस्कारमा हुर्केकी र अष्ठाबक्र जस्ता वाल योगी गुरु बाट बिद्याआर्जन गर्ने किचरित्रवानशिष्या सीतामाता । चरित्रवान संस्कारी बाट चरित्रवान निष्ठावान नैतिकबान रत्नको रुपमाउत्पन्न हुन्छन । वैदीकबिद्याअध्ययनले बैदिक सनातनधर्म को पालना हुन्छ । बैदिक सनातनधर्म पालनाले नैतिकवान,चरित्रवान बनिन्छ शुद्ध चरित्रवान नैतिकभएत्यस्तै शुद्धाचरण सन्तानउत्पन्न हुन्छ त्यो रत्नआफ्नो मात्र न भई राष्ट्र्कै गरिमा बढाउंछ अर्थात राष्ट््र्रको रत्नहुन पुग्दछ । श्रीरामकृष्ण 
दशरथबसुदेवकामात्र न भई विश्व कै रत्नका रुपमाअंकितभएका छन । त्यस्ता सन्तानउत्पन्नगर्न र्ससकार बनाउन जस्लाई त्यतिखेरको भाषामातपस्याभनिन्थ्यो उन्कामातापितामात्रनभई आदिपुर्खाबाटै बिधीबततपस्यागर्न कै पुस्ताहरुको  भगिरथ प्रयास बाट सफलभएकाहुन । नैतिकताआचरण कसरी सिक्ने आजकायुवा पुरानाग्रन्थ पल्टाउन त के छुन मन गर्देनन कसरी नैतिकता सिक्छन । चौबिस घण्टा मोवाईलमा मस्त छन । मोवाईल कम्प्यूटरबाट जतिफायदा छ त्यसभन्दा धेरै बेफायदापनि छ । आजको बैज्ञानिकयुगमाउपकरण छुदै न छोउ भन्नखोजेको त कदापिहोइन । हाम्राप्राचीनधर्म ग्रन्थलाई पनि त घृणा गर्नु हुदैन आदर गर्नु पर्छ चौबिस घण्टामा  आधा घण्टा मात्र घडी हेरेर पनिहाम्राप्राचीनधर्म ग्रन्थतर्फ फर्कि देउ भन्नखाजेको हुं । आफ्नो बैदिक सनातनधर्म प्रति बेदाध्यायनप्रति संस्कार प्रति नैतिकशिक्षाप्रति सन्ध्यापुजनप्रति टिका चन्दनप्रति टुपि राख्नप्रतिहामीहिन्दूका सन्तानभएर पनि यसरी अनास्थानगरौ हेलानगरौ भनेर युवा समुदायलाई सुझाव सम्मदिनखोजिएको हो । बैदिकशिक्षाले राम्रो नै गर्ला नराम्रो गर्देन । आफ्नो अनादिकालको धर्मलाई कस्तै परिस्थितीआएपनि छोडनु हुदैन । कसैले जस्तै प्रलोभनदिएपनिआफ्नो धर्म छोडनु हुदैन । धर्मलाई हामीले छोडेनौ  भने धर्मले पनिहामीलाई कहिले पनि छोडने छैन र सदा धर्मले पनिहाम्रो रक्षा नै गर्नेछ । धर्म को गतिज्यादै सूक्ष्म छ । धर्म प्रतिअनास्थाभएर नै आजदिनानुदिनअकल्पनीय घटना सुन्नु परिरहेछ । आज घरबाट निस्केका परिवारजन सकुशलफिर्ता आउंछन आउंदैन निश्चित छैन । स्कूलगएकियुबती भरे फर्किन्छे फर्किन्नकुनै भरोसा छैन । अपहरण बलात्कार हत्या के के अप्रिय कुरो मात्र समाचार अखवारमा आउंछ फलानाकोफलाना बाट यो जरिय बाट हत्या यस्तै यस्तै यो सबै बैदिकशिक्षा हराउनु लोभ लालचमा बृद्धि हुनु लोभ बाट पापजाग्यो । लोभपाप बाट नै कलिले प्रश्रय पायो कलिले आफ्नो कुसंकार मा ढाल्यो खरावकार्य नै कलिको राज्य भनिन्छ । कलिको दमनगर्ने एक मात्र बैदिक सनातनबिद्याहो । त्यो संस्कार रहे सम्मकलिलाई स्थानथिएन । त्यो बिद्यामाकमिहुने बित्तिकै उस्लाई आश्रय मिल्यो । गौमाताको त्यस्तै हालत छ उनीमाथि भैरहेको अत्यचार बाध्यभएर टुलुटुलु हेरिरहनु परेकोछ यो हालतपनि सबै कलिकै हातहो । उस्ले आफ्नो फन्दामाफसाउन सफलभयो । त्यसैले कलिक बाट जोगिने सदा तत्पर रहौ सजग रहनतम्तयार रहन सतर्क रहनकोशिस गरौ । आफु र आफ्नो समाजबाट त्यस कुरुपकलिलाई लखेटने अभियानचालौ ।अस्तु । हरिॐतत्सत ।



बुधबार ०१, जेठ २०७६ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal