डडेल्धुरा । डडेल्धुरामा नेपाली काँग्रेसका उम्मेदवार पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा दोब्बर मतले अग्रता कायम गरेका छन् ।
१० हजार आठ सय ७० मत गणना हुदा देउवाले पाँच हजार छ सय २१ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत ल्याएका छन् ।
एमालेको सहयोगमा चुनाव लडेका नेपाली काँग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले एक हजार छ सय ३६ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस