काठमाडौँ । समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले छ हजार आठ सय ८२ मत ल्याउँदा नेकपा एमालेको पाँच हजार ७ सय ९९ मत आएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी तीन हजार ३ सय ३६ मतसहित तेस्रो स्थानमा छ ।
माओवादीको दुई हजार ३ सय ३७ र राप्रपाको एक हजार पाच सय ९७ मत आएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको पाँच सय १४ मत आएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस