बाजुरामा झडप हुँदा घाइते भएका चेतन अयडिको मृत्यु

युग संवाददाता     768 पटक पढिएको    

बाजुरामा झडप हुँदा घाइते भएका चेतन अयडिको मृत्यु

बाजुरा  । बाजुराको त्रिवेणि नगरपालिका वडा नम्बर-७ मा हिजो बेलुका कांग्रेस एमाले कार्यकर्ता बिच झडप हुँदा गम्भीर घाइते भएका अनेरास्ववियुका नेता चेतन अयडिको मृत्यु भएको छ। उनको उपचारको क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए ।अन्दाजी ३२ वर्षीय अयडी बाजुरा क्याम्पसका स्ववियु सभापति समेत रहेका थिए।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कांग्रेसका कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो ।



सोमबार ०५, मङि्सर २०७९ ०४:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal