देशभर ६१ प्रतिशत मत खस्यो

युग संवाददाता     374 पटक पढिएको    

देशभर ६१ प्रतिशत मत खस्यो

काठमाडौँ ।  आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ मा ६१ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन सो बारे जानकारी दिएको हो । आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको जनाएको छ ।बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार  यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए।  सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ।

यस्तै आयोगले विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । स्थगित भएको ठाउँमा दुई दिनभित्र पुनः मतदानका लागि निर्णय गरिने प्रमुख आयुक्त थपलियाले जानकारी दिए।  



आइतबार ०४, मङि्सर २०७९ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal