बझाङमा प्रहरीको हवाई फायर, प्रहरी हवल्दार घाइते

युग संवाददाता     573 पटक पढिएको    

बझाङमा प्रहरीको हवाई फायर, प्रहरी हवल्दार घाइते

बझाङ । बझाङमा  सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताका बीचमा विवाद हँदा प्रहरीले चलाएको गोली लागेर एक प्रहरी नै घाइते भएका छन्।बझाङको छबीस पाथिभेरा गाउँपालिका – १ गुरेलथुमको मष्टा प्रावि मतदान केन्द्रमा हवाई फायर गर्दा प्रहरी घाइते भएका हुन्।

दोहोरो झडप हुन थालेपछि झडप रोक्न हवाई फायर गर्ने क्रममा प्रहरीलाई गोली लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।हवाई फायर गरेको गोली घरको भित्तामा लागेर फर्कँदा प्रहरी हवल्दारको खुट्टामा गोली लागेको हो।

एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको उक्त जिल्लामा एमालेवाट ऐनबहादुर महर र सत्ता गठबन्धनका तर्फवाट नेपाली काग्रेसका रामबहादुर जाग्री उम्मेदवार छन्।



आइतबार ०४, मङि्सर २०७९ ११:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal