आइपिएलमा कसले कुन पुरस्कार जित्यो रु कसले कति रकम पायो

खेलकुद

Yugnepal     794 पटक पढिएको    

आइपिएलमा कसले कुन पुरस्कार जित्यो रु कसले कति रकम पायो

आइपिएलमा कसले कुन पुरस्कार जित्यो रु कसले कति रकम पायो 

काठमाडौं । आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करण आइतबार राति हैदरावादको राजीव गान्धी इन्टरनेशनल क्रिकेट रंगशालामा सम्पन्न भएको छ । 

मुम्बई इन्डियन्सले फाइनलमा चेन्नाई सुपर किंगसमाथि एक रनको अत्यन्त सनसनीपूर्ण जित निकालेर आइपिएलको इतिहासमा सर्वाधिक चार पटक उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । 

यो जितसंगै मुम्बईले २० करोड भारतीय रुपैयाँ पुरस्कार जितेको छ । त्यसैगरी तीन पटकको विजेता तर यसपटको उपविजेता चेन्नाईले १२।५ करोड भारुमा चित्त बुझाएको छ । 

व्यक्तिगततर्फ मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर तथा सुपर स्ट्राइकर अफ द सिजनको उपाधि कोलकाता नाइट राइडर्सका आन्द्रे रसेल बनेका छन् । 

५१० रन बनाएका उनले १० लाख भारु जितेका छन् । त्यसैगरी एउटा कार पनि जितेका छन् । 

सबैभन्दा बढी २६ विकेट लिएका चेन्नाईका इमरान ताहिरले पर्पल क्यापसहित १० लाख भारु जितेका छन् । 

फेयर प्ले अवार्ड सनराइजर्स हैदरावादले जितेको छ । फास्टेष्ट फिफ्टीको उपाधि हार्दिक पाण्डेयाले जितेका छन् । उनले १७ बलमा ५० रन बनाएका थिए । 

सबैभन्दा बढी ६९२ रन बनाएर सनराइजर्स हैदरावादका डेभिड वार्नरले ओरेन्ज क्यापसहित १० लाख भारु जिते । 

नेपाली खेलाडी एवं दिल्ली क्यापिटल्सका सन्दीप लामिछानेलाई पछाडि पार्दै कोलकाताका शुभम गिल इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि जित्दै १० लाख भारु हात पार्न सफल भएका छन् । 

किंगस इलाभेन पंजाबबाट ५९३ रन बनाएका लोकेश राहुल स्टाइलिश प्लेयर अफ द सिजन बन्दै १० लाख भारु जिते । 



सोमबार ३०, बैशाख २०७६ ०९:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.