राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

युग संवाददाता     158 पटक पढिएको    

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं । आइसल्याण्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छिन् । भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गरे ।

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले गत बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको थियो ।

डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गरेकी थिइन् । राष्ट्रपति भण्डारी भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक व्याक्तित्वहरुसँग भेटवार्ता पनि गरेकी थिइन् । भण्डारी गत सोमबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । 



शनिबार २६, कार्तिक २०७९ ०४:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.