बझाङमा एक पुरुष मृत फेला

युग संवाददाता     556 पटक पढिएको    

बझाङमा एक पुरुष मृत फेला

बझाङ । बझाङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला परेका हुन्।

उनी सोही ठाउँस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बुधबार साँझ घरबाट गाउँतिर घुम्न जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



शुक्रबार २५, कार्तिक २०७९ ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal