आजको मौसम : हिमपातको सम्भावना, पर्वतारोहणमा सावधानी अपनाउन अपिल

युग संवाददाता     135 पटक पढिएको    

आजको मौसम : हिमपातको सम्भावना, पर्वतारोहणमा सावधानी अपनाउन अपिल

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।

महाशाखाका अनुसार शुक्रबार हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ । राति प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र मुलुकका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागको एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।



शुक्रबार २५, कार्तिक २०७९ ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.