सुदूरपश्चिमबासीलाई सतर्क रहन भूकम्पविद्को आग्रह

युग संवाददाता     135 पटक पढिएको    

सुदूरपश्चिमबासीलाई सतर्क रहन भूकम्पविद्को आग्रह

धनगढी ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले सुदूरपश्चिमका बासिन्दालाई एकरदुई दिन सतर्क रहन आग्रह गरेका छन् ।

उनले पछिल्लो पटक ६.६ म्याग्नीच्यूडको भूकम्प गएको र त्यो भन्दा पहिलाका पूर्व कम्पन भएको बताए । भूकम्प गई सकेपछि त्यसको असर केही दिन रहने हुँदा सतर्क रहन आग्रह गरे ।

नेपालको सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । पाँच घण्टामा सात पटक पराकम्प गएसँगै मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्नीच्यूडको भूकम्पले डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको उनले जानकारी दिए । 

मङ्गलवार राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी सात पटक भूकम्पको झट्का गएको थियो । क्षतिको विवरण भने अझै आउन बाँकी रहेको छ । 



बुधबार २३, कार्तिक २०७९ ०२:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.