काठमाडौं । भगवान श्रीकृष्ण जब बाल लीला गरिरहनु भएको थियो । सो समय ब्रह्मा जीलाई भ्रम भयो । ब्रह्मा जीलाई लाग्यो, ुयो सानो बालक नाच्ने बलाक जो यहाँ बाल लीला गरिरहेको छ । यो सम्पूर्ण संसारको सृजनहार कसरी हुन सक्छ रुु
तब ब्रह्मा जीले धेरै गाँउ तथा ग्वालाहरुलाई गुफामा बन्द गरिदिनुभयो । तब प्रभुले आफ्नो अलौकीक शक्तिले त्यति नै गाँउ र ग्वालाहरु बनाउनुभयो । त्यस्तो किन गर्नुभयो रु किनकि प्रभु लीला गरिरहनुभएको थियो । सो कुरा ब्रह्मा जीले पनि बुझ्न सक्नुभएन ।
भगवान श्रीरामचन्द्रले जब पुल बनाउनुभयो तब बाँदरहरुले सेवा गरे । विदाईको समय सबै बाँदरहरुले भने, ुप्रभु हामीले यो शरीरमा सेवाको सुअवसर पायौ तर तपाईसँग हामी लामो समय सम्म रहन सक्दैनौ । प्रभु हामी माथि यस्तो कृपा गर्नुहोस कि तपाईसँग हामी पनि लिला गर्न सकौ । तपाईसँग हामी रहन सकौ । तपाईको अझ सेवा गर्न सकौ ।ु
श्रीरामले बाँदरहरुलाई आशिर्वाद दिदै भन्नुभयो, ुआउने वाला द्वापर युग हुनेछ । त्यसमा म श्रीकृष्ण रुपमा अवतार लिनेछु । तब तिमीहरु सबै मसँग लीला गर्नेछौ । जुन लीलाको अभाव यस त्रेता युगमा रह्यो त्यसको पूर्ती आउदो युगमा हुनेछ ।ु
अब दुनियाको नजरमा यो एक खेल हुन सक्छ । एक क्रीडा हुन सक्छ तर भक्तको लागि त्यो सामीप्य मुक्ति थियो । भक्तिको भावनालाई वशीभूत भएर प्रभु बाल लीला गरेर भक्तलाई सामीप्य मुक्तिको अवसर प्रदान गरिरहुभएको थियो । प्रभुको निकटमा रहनु पनि आफैमा एक मुक्ति हो ।
हनुमान जीलाई भगवानले आफ्नो सानिध्यमा रहने सुअवसर प्रदान गर्नुभयो । अर्जुनको रथको माथि ध्वजामा तपाईले हेर्नुभए हनुमानलाई देख्नुहुनेछ । ध्वजा भित्र प्रतिष्ठित भएर हनुमान जी आफ्नो प्रभुको समीपमा रहनुभयो । आफ्नो प्रभुसँग टाढा हुनुएन । यसै प्रकार जो भक्त छन् ती भावनाले आफ्नो प्रभुको करिब रहन्छन् र प्रभु यस्तै भक्तको अधिनमा रहन्छन् ।
प्रतिकृया दिनुहोस