सरकारले प्रेस स्वतन्त्रतामाथ कू गर्न खोज्यो  देउवा

Yugnepal     633 पटक पढिएको    

सरकारले प्रेस स्वतन्त्रतामाथ कू गर्न खोज्यो  देउवा

सरकारले प्रेस स्वतन्त्रतामाथ कूु गर्न खोज्यो  देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको ुुमिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकुु माथि कडा टिप्पणी गरेका छन् । आईतबार पार्टी कार्यालय सानेपामा पार्टी महामन्त्री, सहमहामन्त्रीहरु, प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुख सचेतकहरुलाई साथमा राखी गरेको पत्रकार सम्मेलनमा देउवाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक हु–बहु पारित भए त्यो प्रेस स्वतन्त्रताका लागि ‘कू’ हुने बताएका हुन् । 

पत्रकार सम्मेलनको क्रममा देउवाले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि संविधान विपरित सरकारले प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउने कोशिष गरेको प्रति आपत्ति समेत जनाएका छन् । उनले यस विषयमा सदनमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । 

लोकतन्त्रको आधारस्तम्भ मानिने प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउँदा लोकतन्त्र नै संकटमा पर्ने भन्दै उनले सो विधेयक फिर्ता लिन समेत सरकारसँग आग्रह गरेका छन् । 

सम्मेलनमा बोल्दै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले गैरस‌ंवैधानिक रुपमा ल्याइएको यो विधेयक स‌ंविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता विरुद्ध रहेको भन्दै यो विधेयक संसदबाट पारित हुनै नसक्ने बताए ।  



आइतबार २९, बैशाख २०७६ ०५:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.