पानी कम्पनीको ट्याङ्की पड्किदा एक मजदुर घाइते

युग संवाददाता     499 पटक पढिएको    

पानी कम्पनीको ट्याङ्की पड्किदा एक मजदुर घाइते

धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रहेको चिसापानी मिनिरल वाटर कम्पनी प्रालिको एयर कम्प्रेसर ट्याङ्की पड्किदा एक जना मजदुर घाइते भएका छन् । 
सोही कम्पनीमा कार्यरत भारतको दिल्ली बागवत जिल्ला पूर्वदेव ग्राम पञ्चायत घर भएका २६ वर्षीय पंकज शर्मा घाइते भएका हुन । कम्पनीमा काम चलिरहेको बेला अचानक ट्याङ्की पड्किदा उनको टाउको, निधारमा चोट लागेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

लालरत्न अस्पतालमा उनको प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ट्याङ्की पड्किदा कम्पनीको फिल्टर मेसिन, बल्लोइङ्ग मेसिन, पानी ट्याङ्क फिल्टर कन्भेटर बेल्ट, टिनको छानामा क्षति भएको छ । ट्याङ्की पड्किएपछि सञ्चालक दीपक शाहीले इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएका थिए । 



आइतबार २०, कार्तिक २०७९ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal