यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

युग संवाददाता     210 पटक पढिएको    

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  / नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ९९ पैसा र बिक्री दर १२९ रूपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ७९ पैसा र बिक्री दर १४९ रूपैयाँ ४७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ५० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 



शुक्रबार १८, कार्तिक २०७९ १२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal