पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

युग संवाददाता     134 पटक पढिएको    

पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं /  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ ।  देशका अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



शुक्रबार १८, कार्तिक २०७९ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.