आइपिएलको फाइनलमा मुम्बई र चेन्नाई भिड्दै, १६ अवार्डमा बाँडिदैछ ५४ करोड

खेलकुद

Yugnepal     761 पटक पढिएको    

आइपिएलको फाइनलमा मुम्बई र चेन्नाई भिड्दै, १६ अवार्डमा बाँडिदैछ ५४ करोड

आइपिएलको फाइनलमा मुम्बई र चेन्नाई भिड्दै, १६ अवार्डमा बाँडिदैछ ५४ करोड
कुन विधाको विजेतालाई कति रकम 

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको फाइनल खेलमा आइतबार राति मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंगस भिड्दै छन् । 

हैदरावादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि सुरु हुने खेल जसले जित्छ उसले सबैभन्दा बढी उपाधि जितको कीर्तिमान बनाउने छ । 

पहिलो क्वालिफायरमा मुम्बईले चेन्नाईलाई ६ विकेटले हराएको थियो । चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएर फाइनलमा पुगेको हो ।

दुवै टिमले अहिलेसम्म ३–३ वटा उपाधि जितेका छन् । 

अवार्ड कसलाई कति 
फाइनलको दिन १६ अवार्डका लागि ५४ करोड ४० लाख रुपैयाँ ९भारतीय ३४ करोड रुपैयाँ० पुरस्कार बाँडिने छ । 

उपाधि विजेताले २० करोड भारु पाउने छ । उपविजेताले भारु १२।५ करोड रुपैयाँ पाउने छ । 

विजेता र उपविजेतापछि सबैभन्दा बढी रकम मैदानलाई दिइने छ । सात लिग या त्यो भन्दा बढी खेल खेलाउने मैदानलाई ५० लाख भारु तथा त्यो भन्दा कम खेल गराउने मैदानलाई २५ लाख रुपैयाँ दिइने छ । 

ओरेन्ज क्याप जित्ने खेलाडीले १० लाख भारु पाउने छ । डेभिड वार्नरले यो उपाधि जित्नेछन् । वार्नरले १२ खेलमा ६९२ रन बनाएका छन् । दोस्रो नम्बरमा पंजाबका लोकेश राहुल रहे । उनले ५९३ रन बनाएका छन् । 

दिल्ली क्यापिटल्सका कगिसो रबाडा र चेन्नाईका इमरान ताहिर बीच पर्पल क्यापका लागि टक्कर छ । १० लाख भारुका लागि यिनीहरु भिड्दै छन् । बाहिरिइसकेको दिल्लीका रबाडाले १२ खेलमा २५ विकेट लिएका छन् । 

फाइनल खेल्नुअघि ताहिरको १६ खेलबाट २४ विकेट छ । 

अरु कसलाई कति लाख 
पर्फेक्ट क्याच अफ दि सिजन– १० लाख भारु
स्टाइलिश प्लेयर अफ दि सिजन– १० लाख भारु
गेम चेन्जर अफ दि सिजन – १० लाख भारु
इमर्जिङ प्लेयर अफ दि सिजन – १० लाख भारु

मोस्ट भ्यालुएबल प्लेयर अफ दि सिरिज – १० लाख भारु
सुपर स्ट्राइकर अफ दि सिजन – कार र ट्रफी
जारी प्रतियोगिताको सुरुदेखि नै पुरस्कारमा मात्र ५५ करोड भारतीय रुपैयाँ खर्च हुँदैछ । गत सिजनमा यो मुल्य ५० करोड भारु थियो । 



आइतबार २९, बैशाख २०७६ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.