नेपालबाट ९ करोडको कुचो निर्यात

युग संवाददाता     205 पटक पढिएको    

नेपालबाट ९ करोडको कुचो निर्यात

काठमाडौं / नेपालबाट ठूलो मात्रामा अम्रिसोको कुचो निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै नेपालले कुचो निर्यात गरेर ९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ ।

साउन र भदौ महिनाको अवधिमा नेपालबाट झण्डै साढे ९ करोड रुपैयाँ बराबरको १८ लाख ९४ हजार किलोग्राम अम्रिसो निर्यात भएको छ । नेपालबाट दक्षिण एसियाका दुई मुलुकमा कुचो निर्यात हुने गरेको छ । तीमध्ये भारत र बंगलादेश हुन् ।

यस अवधिमा भारततर्फ ९ करोड २७ लाख ८४ हजार रुपैयाँको कुचो निर्यात हुँदा बंगलादेशतर्फ ८ लाख ८२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै, यस अवधिमा नेपालतर्फ १२ हजार रुपैयाँको कुचो आयात भएको विभागले जनाएको छ ।



मङ्गलबार ०१, कार्तिक २०७९ ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal