सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

युग संवाददाता     217 पटक पढिएको    

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं /  हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा  आंशिक देखी सामान्य बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो  देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी  प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । 



मङ्गलबार ०१, कार्तिक २०७९ १२:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.