देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन

युग संवाददाता     152 पटक पढिएको    

देशभरको मौसममा सुधार, भारी वर्षाको सम्भावना छैन

काठमाडौं / हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ का एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । 



शुक्रबार २८, असोज २०७९ ०६:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.