चुनावी प्रचारप्रसार नगर्न शिक्षक र कर्मचारीलाई आयोगको निर्देशन

युग संवाददाता     164 पटक पढिएको    

चुनावी प्रचारप्रसार नगर्न शिक्षक र कर्मचारीलाई आयोगको निर्देशन

काठमाडौँ / निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचारप्रसार गर्ने शिक्षक र कर्मचारीलाई कारबाही प्रक्रिया प्रारम्भ भएको जनाएको छ ।

आयोगले सामाजिक सञ्जालमार्फत् पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचारप्रसार नगर्न भन्दै सचेत गराएको छ ।आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारीलाई त्यसरी निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा नलाग्न सचेत गराएको हो ।

निर्वाचन आचारसंहिता,२०७९ ले शिक्षक, कर्मचारी, गैरसरकारी संस्थामा आबद्ध कर्मचारीहरूलाई पनि प्रचारप्रसारमा लाग्न प्रतिबन्ध लगाएको भन्दै आयोगले त्यस्ता कार्यमा संलग्न नहुन भनेको छ ।



बुधबार २६, असोज २०७९ ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.