एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना सम्पन्न, कात्तिक ९ गतेदेखि फिल्डमा खटिने

युग संवाददाता     158 पटक पढिएको    

एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना सम्पन्न, कात्तिक ९ गतेदेखि फिल्डमा खटिने

काठमाडौं / आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सम्पन्न भएको छ ।

भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा आइतबार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी मोरङमा ३ हजार ६ सय १६  र सबैभन्दा कम मनाङमा २ सय २८ जना म्यादी प्रहरी छनोट भएका छन् । भर्नाका लागि २ लाख ३२ हजार ८८ जनाले दरखास्त दिएका थिए । मागभन्दा आवेदन दिनेको संख्या दोब्बर बढी भएकाले छनोटबाट १ लाख १७ हजार ८८ जना बाहिरिएका छन् । पूर्वम्यादी, पूर्व सुरक्षाकर्मी, विदेशी सुरक्षा निकायमा खटिएकालाई छनोटको प्राथमिकतामा राखिएको थियो ।

छनोट भएका म्यादीलाई तालिम दिएर कात्तिको ९ गतेदेखि फिल्डमा खटाइने नेपाल प्रहरीले जनाएको छ । ४० दिनको कार्यावधि तोकेर तलब, भत्ता, रासन, पोसाकबापत् एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ म्यादीलाई उपलब्ध गराइनेछ ।



बुधबार २६, असोज २०७९ ०४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.