२४ घण्टाको विपद् : १६ को मृत्यु, १७ बेपत्ता

युग संवाददाता     123 पटक पढिएको    

२४ घण्टाको विपद् : १६ को मृत्यु, १७ बेपत्ता

काठमाडौं, पछिल्लो २४ घण्टामा पहिरोका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ । 

दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन् । आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समयमा रामेछाप जिल्लाको मन्थली विमानस्थलमा सबैभन्दा बढी ९४० दशमलव चार मिमि० पानी परेको जनाइएको छ । वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन् । 



बुधबार २६, असोज २०७९ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.