विश्व हाँसो दिवस  नहास्ने भन्दा बढि बाच्छन् हास्ने मानिस

समसाायिक

युग संवाददाता     1025 पटक पढिएको    

विश्व हाँसो दिवस  नहास्ने भन्दा बढि बाच्छन् हास्ने मानिस

 

काठमाडौं ।  आज अप्रिल ५ तारीख  विश्व हाँसो दिवस  । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउने  गरिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।

हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा। मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस मनाउन सुरु भएको हो ।  हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।

हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुरयाउछ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि  गर्छ ।

दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । यसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ । हास्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसंग जुध्ने क्षमतामा वृद्धि गर्छ जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहास्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको बिभिन्न अध्ययनले देखाएका छन ।



आइतबार २२, बैशाख २०७६ १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal