आज यी प्रदेशमा वर्षाको सम्भावना

युग संवाददाता     126 पटक पढिएको    

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं / नेपालको मनसुनमा हाल  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा  भइरहेको छ।

आज दिउँसो प्रदेश १, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेका क्षेत्रमा कृषि, पर्यटन र पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



मङ्गलबार २५, असोज २०७९ ०१:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.