धनगढी / कर्णाली नदीमा पानीको सतहले चेतावनी तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.१५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन ।
कर्णाली नदीमा पानीको सतह १० मिटरसम्म चेतावनी तह हो । १०.८० मिटर पुगेमा खतरा हुने गरेको छ । कर्णालीमा पानीको सतहले चेतावनी तह पार गरेकाले कैलाली र बर्दियास्थित तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयले सतर्कता अपनाउनु पर्ने अवस्था सृजना भइसकेको छ ।
प्रतिकृया दिनुहोस